

हालै एफपीओ निष्कासन गरेको स्वरोजगार लघुवित्तले संस्थापक शेयरको बिक्री खुलायो




काठमाडौं । केही दिनअगाडि एफपीओ निष्कासन गरे पनि बाँडफाँट गरेको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यतिबेला संस्थापक शेयर बिक्री गर्न सूचना प्रकाशित गरेको छ ।
लघुवित्तको १२ हजार ७९४ कित्ता संस्थापक शेयर अहिलेकै संस्थापक शेयरधनीलाई मात्रै किन्न दिइने जनाएको छ ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२० रुपैयाँ तोकिएको छ । दोस्रो बजारमा कारोबार भइरहेको यसको हिजोको मूल्य ८२५ रुपैयाँ छ ।
शेयर किन्न इच्छा भएका लगानीकर्ताले अबको ३५ दिनभित्र बनेपास्थित लघुवित्तको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ । यो समयभित्र कसैले निवेदन नदिएमा लघुवित्तले अरू बाहिरी मान्छे शेयर बेच्ने जनाएको छ ।