

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो आज ?




काठमाडौं । नेपाली बजारमा फेरि एकपटक सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सुन आज तोलामा एक हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । यो प्रतितोला २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।