
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ ।
यस्तो घोषणा चैत १३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गरेको हो ।
यसका साथै गत आवकै वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि सोही बैठकले गरेको छ ।