
सुन र चाँदी दुवैको भाउ बढ्यो

काठमाडौं । बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्वसायी महासंघका अनुसार सुन प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो ।
बढेको बजारमा सुन आज १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला १ लाख ७३ हजार ५०० रुपैयाँ
त्यसैगरी चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार २० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।


