

बुधबारको बजारमा बढ्यो सुनचाँदीको मूल्य




काठमाडौं । आजको बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ ।
आज सुन तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला बढेर १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै चाँदी भने १९ सय ९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनमा चाँदीको भाउ प्रतितोला १९ सय ८० रुपैयाँ थियो ।