

चैत २१ गतेबाट विन नेपाल लघुवित्तले एफपीओ बिक्री गर्ने




काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न लागेको हो ।
यो एफपीओमा चैत २६ गतेसम्म घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।