
एलआइसी नेपालको नयाँ बीमालेख “जीवन उत्सव बीमा” सार्वजनिक



काठमाडौं । बीमाङ्कको दुई गुणासम्म सुरक्षा प्रदान एवं थप अतिरिक्त दुर्घटना लाभ लिएमा सो समेत प्रदान गरिने , नियमित आर्जित बोनसको साथमा थप अतिरिक्त लाभ, बोनस सुविधा र बीमितको मृत्यु हुँदा बीमांकको दोब्बर रकम सहित आर्जित बोनस प्रदान गरिने विशेषता भएको जीवन उत्सव योजना लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लि ले आज एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ ।
यस बीमा योजना एलआइसी नेपालको काठमाडौं स्थित कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीका वर्तमान निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, नायब कार्यकारी निर्देशक ए दत्ता, सुचना प्रविधि प्रमूख रोहित बुदियाल, मार्केटिङ विभाग प्रमुख प्रकाशभक्त उपाध्याय एवं अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठ लगायत अन्य विभागीय प्रमुखहरू तथा कर्मचारीहरुले आज संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

उक्त शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले यो बीमा योजना नेपालको परिप्रेक्ष्यमा बिलकुलै नयाँ भएको र नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम ल्याईएको प्रष्ट पारे। उनले यस बीमा योजनाले हाल बीमा अवधी नपुग्दै बीमा परित्याग गर्ने परिपाटीलाई निरुत्साहित गर्ने र बीमालाई लामो अबधि सम्म चलाउन मद्दत गर्ने विश्वास रहेको जानकारी दिए।

