
सुनको मूल्यमा गिरावट

काठमाडौं । शुक्रबार, नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य तोलामा १ हजार र चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७५ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा १ लाख ७६ हजार रुपैयाँ हालसम्मकै उच्च मूल्य रहेको महासंघले जनाएको छ।
यता, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ९ सय ९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ५० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको हो।


