
यथावत रह्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुनको मुल्य अघिल्लो दिनको तुलनामा यथावत रहेको छ । सुनचाँदी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदा चाँदीको मूल्य भने घट्न पुगेको हो ।
महासंघका अनुसार आज सुन तोलामा १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने सो रकम हिजोको दिनमा पनि सुन तोलामा १ लाख ७६ हजार रुपैयाँमै करोबार भएको थियो । उक्त रकम अहिलेसम्मको सबैभन्दा बढी मूल्य रहेको देखिन्छ ।
साथै, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ५० रुपैयाँमा किनबेच भइरहेको बेलामा हिजो भने चाँदी तोलामा २ हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।


