
उकालो लाग्दै सुनको मूल्य

काठमाडौं । सुनको मूल्य फेरी उकालो लागेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्न पुगेको हो । सो वृद्धिसँगै नेपाली बजारमा सुनको भाउँमा समेत नयाँ रेकर्ड कायम भएको जनाइएको छ ।
यता, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ७५ हजार २ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ ।
साथै, आज चाँँदी प्रतितोला ५ रुपैयाँले घटेको बेलामा चाँदी २ हजार ४५ रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन २ हजार ५० हजार रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।


