
सुनको मूल्य स्थिर

काठमाडौं । साताको दोस्रो दिन सुनको मुल्य स्थिर देखिएको छ । आज नेपाली बजारमा सुनको मूल्यमा कुनै फेरबदल नदेखिएको हो।
यता,नेपाल सुनचाँदी ब्यवसायी महासंघले बताए अनुरुप तोलामा एक लाख ७४ हजार १०० रुपैयाँमा सुनको किनबेच भइरहेको अवस्था छ । आइतबार समेत आजको तुलनामा एउटै मूल्य कायम रहेको जनाइएको हो।
तर,चाँदी भने तोलामा पाँच रुपैयाँले घट्न पुगेको छ । हाल चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा नेपाली बजारमा किनबेच भएको छ ।


