
तोलाकै १ लाख ७४ हजार ५ सय पुग्यो सुनको मुल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य वृद्धि भएको हो । शुक्रबार सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले बढेको बताइएको हो ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको बेलामा यसअघि भने तोलामा १ लाख ७० हजार ५०० रुपैयाँमा कायम थियो ।
साथै, यता, चाँदी प्रतितोला ५० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँमा कारोबार हुन पुगेको छ । यस अघि चाँदी तोलामा २ हजार रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।


