
सुनको मूल्यमा वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढ्न पुगेको छ । यता चाँदीको मूल्य भने स्थिर रहेको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेको हो भने चाँदी हिजोकै मूल्यमा कारोबार भइरहेको हो ।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, अहिले चाँदी तोलामा हिजोको जस्तै १ हजार ९८५ रुपैयाँमा किन बेच भइरहेको महासंघले बताएको छ।


