

घट्यो नेप्से परिसूचक, १० अर्ब बढीको कारोबार




काठमाडौं । आइतबार सेयर नेप्से परिसूचक घटेको छ । उक्त परिसूचक ४६ दशलमव ३३ अंकले घटेर आजको कारोबार बन्द भएको हो।
नेप्से परिसूचक २७७२ दशमलव १० विन्दुमा पुग्दा २४ कम्पनीको सेयर मूल्य बढ्न पुगेको छ । सोही बेलामा २ सय १७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै दुई कम्पनीको सेयर मूल्य भने स्थिर रहेको बेलामा ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५५ प्रतिशत अर्थात् ७ दशमलव ३१ अंकले घटेर ४६३ दशमलव २९ विन्दुमा पुगेको देखिन्छ। सेयर बजारमा १३ उपसूचकमध्ये आज सबै १३ वटैको सेयर मूल्य घटेको हो।
त्यसरी नै नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको बेलामा पूँजी बजारमा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १२९ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि १० अर्ब १० करोड भन्दा माथिको कारोबार भएको थियो । आज सेयर बजारमा ३१५ कम्पनीका २ करोड २७ लाख २६ हजार २८३ कित्ता सेयर १ लाख १२ हजार ३४७ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
साथै, आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।