
सुनको मूल्य १०० रुपैयाँले बढ्यो

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढ्न पुगेको छ । आईतबार सुन तोलामा १०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा किनबेच भइरहेको बेलामा हिजो सुन तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको जनाइएको छ।
त्यस्तै, महासंघका अनुसार आज चाँदी मूल्य भने घट्न पुगेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ९८५ रुपैयाँमा किन बेच भइरहेको छ भने हिजो चाँदीको मूल्य तोलाको १ हजार ९९० रुपैयाँ कायम रहेको थियो ।


