

सातामा सामान्य अंक बढ्यो नेप्से




काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। गत साता २८१५.०४ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१२ प्रतिशत अर्थात ३.३९ अंक बढेर २८१८.४३ विन्दुमा पुगेको छ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये एक कारोबार दिन नेप्से उच्च अंक बढेको थियो भने ४ कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। यस साताको पहिलो कारोबार दिन नेप्से उच्च अंक बढेर बन्द भएको थियो।
यो साता सेयर बजार गत साताको भन्दा ०.१२ प्रतिशतले बढेको छ । गत साता २८१५ दशमलव ०४ विन्दुमा बन्द भएको सेयर बजार यो साता २८१८ दशमलव ४३ विन्दुमा पुगेको छ । यो साताको पहिलो कारोबार दिन आइतबार नेप्से उच्च अंक बढेर कारोबार भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स पनि ० दशमलव ७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ० दशमलव २८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ३९ अंक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा १० अर्ब ९८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा १२ अर्ब ५१ करोडको सेयर किनबेच भएको छ ।
गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.९० प्रतिशत बढेको हो । यस साता दैनिक औषत सेयर संख्या १९.६४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १३.२३ प्रतिशत बढेको छ । यस साता नेप्सेको कुल बजार पुँजीकरण ०.१२ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता ५ अर्ब रुपैयाँ बढेर ४६ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ ।
यो साता १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.१५ प्रतिशत बढेको छ । गत साता ५७३१ दशमलव ०७ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १८० दशमलव ५४ अंक बढेर ५९११ दशमलव ६१ विन्दुमा पुगेको छ ।
अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २८१ दशमलव ४१ अंक बढेको छ । गत साता १३९५७ दशमलव ०१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २.०२ प्रतिशत बढेर १४२३८ दशमलव ४२ विन्दुमा पुगेको छ । यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत घटेको छ । गत साता ५२७३ दशमलव ९७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ७० दशमलव ५१ अंक घटेर ५२०३ दशमलव ४६ विन्दुमा झरेको छ ।