 
 
 
सुनको मूल्यमा बृद्धि
 
			
				 
                 
                                                                    
                                                                
काठमाडौं । बिहीबार नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार बढेको सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले बढ्न पुगेको हो ।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य १ लाख ७० हजार ७०० रुपैयाँमा किनबेच भइरहेको बेलामा हिजो भने सुन तोलाको १ लाख ७० हजार ४०० रुपैयाँमा किनबेच भयो।
चाँदी भने तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ पुगेको बेलामा हिजो चाँदी तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको हो। महासंघका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।



 
                                                                     
                                                                    