
सुन चाँदीको मूल्य यथावत

काठमाडौ । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर हुन पुगेको छ । आईतबार सुन र चाँदीको मूल्य दुई दिन अघि शुक्रबारकै मूल्यमा कारोबार भइरहेको हो ।
यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको बेलामा गत शुक्रबार पनि सुन सोही दरमा नै किनबेच गरिएको थियो ।
महासंघका अनुसार आज चाँदी पनि शुक्रबारकै मूल्य १ हजार ९ सय १५ रुपैयाँमा खरिद बिक्री भइरहेको हो ।


