
घट्यो २ सयले सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य घट्न पुगेको । बिहीबार सुन तोलामा २०० रुपैयाँले घटेको हो ।
महासंघले सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको तथा बुधबारको बजारमा छापावाल सुन एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको जनाएको छ।
यता, बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढ्न पुगेको छ । चाँदी प्रतितोला एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको बेलामा बुधबार भने चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा किनबेच भएको थियो।


