

भारतमा चलिरहेको कन्फ्रेन्समा नेपाली बीमा कम्पनी र नियामक निकायको उत्साहजन सहभागीता




काठमाडौं । छिमेकी राष्ट्र भारतका गएको तीन दिनदेखि चलेको ठूलो इन्टरनेशनल सेमिनार (१८ औं इण्डीया रेन्डीजुभस) सम्पन्न भएको छ । सोही समारोहमा भाग लिन नेपालबाट नेपाल बीमा प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जन, शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डे, सिद्धार्थ प्रिमियरका सीईओ बिरेन्द्र बैद्यबार (क्षेत्री), यूनाईटेड अजोडका सीईओ कमल गौतम, एशियन लाइफ इन्स्योरेन्सका सीईओ दिनेश लाल श्रेष्ठ लगायत बीमा कम्पनीमा उच्च पदस्थ व्यक्तीहरुले सहभागीता जनाएका हुन् ।
उप-निर्देशक महर्जनले वातावरणमा आउँने मौसमी फेरबदलको असर, प्राकृतिक विपत्ती, महाविपत्तीका लागि अपनाइने सुरक्षा, भुकम्पीय जोखिम, नेपालमा बीमा सहभागीता, नेपाली बीमा कम्पनी र नियामकको समस्या र तीनका समाधानका विषयमा प्रस्तुती दिएका थिए ।
सन् २०२५ को जनवरी २० देखि २२ सम्म सञ्चालन भएको उक्त सम्मेलनमा उप-निर्देशक महर्जनले नेपाली बीमा बजारको बर्तमान परिदृश्य लगायत,विश्व जोखिम सूचकांक २०२० र संयुक्त राष्ट्र विपद् जोखिम न्यूनीकरण २०१९को अध्ययन अनुसार नेपाल विपदको परिदिश्यबाट हेर्दा संसारका शीर्ष २० देशहरूको सूचीमा परेको बताएका थिए । प्राकृतिक विपत, जलवायु परिवर्तनको प्रभाव, काठमाडौं जस्ता क्षेत्रहरूमा तीव्र शहरीकरणले अव्यवस्थित पूर्वाधार निर्माण गरेको छ, जसले विपद्को जोखिमलाई थप बढाएको छ। नेपालका धेरै हिमालयन समुदायहरू कृषि र पर्यटनमा निर्भर छन्, जुन क्षेत्रहरू वातावरणीय र आर्थिक अव्यवस्थामा संवेदनशील छन्।
बीमा अपेक्षित बिकास नहुनु, विशेष गरी ग्रामीण क्षेत्रहरूमा बीमाको चेतना अभाव तथा भौगोलिक अवस्था रहेको साथै नेपालमा रहेको प्राकृतिक प्रकोपको जोखिमलाई सम्बोध गर्ने, बिशेष निति ल्याउनुका साथै बीमा पुल बनाउनु पर्ने समेत जनाएका थिए । यसका लागि प्राकृतिक आपत्ति पूलको सिर्जना, नियामकहरूको भूमिकामा विकास गर्नुपर्ने, जोखिम मोडेलिङ र मूल्य निर्धारण उपकरणमा अनुसन्धानको प्रवर्द्धन गर्नुपर्ने, माइक्रो बीमाको प्रवर्द्धन गर्नुपर्ने तथा पारामेट्रिक कभर र पूंजी बजारमा मार्फत जारी गर्नु पर्ने समेत बताइयो ।
साथै, क्षेत्रीय प्रतिरोधात्मकता बढाउनको मार्ग एक साझा प्रतिबद्धता, सहकार्य र नियमनको अनुकूलनमा निहित छ। नेपालका बीमा नियामक नेपाल बीमा प्राधिकरण बीमितहरुको हक हित सुरक्षण गर्नुका साथै, क्षेत्रीय सहकार्यको मजबुती बनाउनस पनि रह्को छ ।
नियामकहरूका रूपमा, आईआरडएएआई र अन्य नियामकहरूलाई छिमेकी नियमनकारीको नियमन मापदण्डलाई सँगै ल्याऔं, ज्ञानको आदान(प्रदान गरौं र बीमा क्षेत्रलाई सामुदायिक प्रतिरोधात्मकत विकास गरी अगी बढौ भन्ने विचार व्यक्त गरेका थिए ।
भारतको मुम्बईमा सम्पन्न भएको सो कार्यक्रममा विश्वका विभिन्न वक्ता तथा विज्ञहरु कार्यक्रममा सहभागी जनाइएको छ । पछिल्लो समय नेपाली बीमा क्षेत्रले विभिन्न अन्तराष्र्टि्रय फोरमहरुमा सहभागीता जनाउँदै विश्व बजार बुझ्ने तथा नेपाली बीमा बजारको बारेमा समेत अरुलाई जानकारी गराउँने ठूला अवसरहरु पाएको जानकारी दिएको छ ।