

पोर्चुगलमा रेल दुर्घटनाः १५ जनाको मृत्यु, १८ जना घाइते




काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा भयानक रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।
पर्यटकमाझ प्रसिद्ध प्रसिद्ध लिस्बनको ग्लोरिया फ्युनिकुलर रेल लिकबाट उछिट्टिएर एक भवनमा ठोक्किएको थियो । यो घटना स्थानीय समय अनुसार बुधबार बेलुकी भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
फ्निकुलर रेल ढलानवाला सडकमा तलमाथि चल्दछ । त्यसको सपोर्टिङ केबल भाँचिएपछि लिक छाडेको र दुर्घटना भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
पोर्चुगलका राष्ट्रपति रेबेलो डी सुजाले घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको जाँच गर्न निर्देशन दिएका छन् । लिस्बनका मेयर कार्लोस मोयदासले लिस्बन शोकमा रहेको बताएका छन् ।