
एभरेष्ट बैंकको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । बैंकको भदो १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज १४ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो ।
बैंकले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने भनेको १५ प्रतिशत लाभांश प्रस्ताव सहितका प्रस्तावहरु पारित गर्नका लागि ३२ औँ वार्षिक साधारणसभा बोलाएको हो । बैंकले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश रहेको छ । सभा काठमाडौंको भाटभटेनीमा रहेको आम्रपाली व्यांक्वेटमा असोजज १४ गते बिहान १० बजेबाट सुरु हुने छ ।
उक्त सभामा संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८३ साल आषाढ ३२ गतेको वासलात, सोही मितिमा समाप्त आ.ब. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्तावहरु हरेका छन् ।
त्यस्तै भदौ ११ गतेको सञ्चालक समितिको वैठकले सेयरधनीहरुलाई वोनस सेयर तथा नगद लाभांश प्रदान गर्न सिफारिस गरेकोले सो प्रस्ताव छलफल गरी पारित गर्ने छ । विशेष प्रस्तावका रुपमा ५ प्रतिशत बोनस सेयर जारी गर्ने र १० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत वितरण गर्न गरेको सिफारिसलाई छलफल गरी पारित गर्ने एजेण्डा रहेका छन् । त्यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने र आ.ब.२०८३/८४ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
बैंकले साधारण सभा प्रयोजनका लागि असोज १ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरुले मात्रै सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने छन् ।

