
गरिमा विकास बैंकको लाभांश घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७.२२ रुपैयाँ को २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमध्ये १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको कर सहित) रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिने छ ।

