
खाना पकाउने एलपी ग्यासको समस्या भए मन्त्रालयमा सम्पर्क गर्न सक्ने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको समस्या समाधान गर्नका लागि अग्रसरता देखाएको छ । खाना पकाउने एलपी ग्यास प्राप्त गर्न नसेकेममा कालोबजारी तथा आपूर्तिसम्बन्धी कुनै समस्या देखेमा मन्त्रालयले सार्वजनिक गरेको मोबाइल नम्बरमा सम्र्पक गर्न सकिने छ ।
मन्त्रालयले ग्यासको सबै प्रकारको समस्याको लागि मोबाइल नम्बर ९८५१११६७७३ सम्पर्क गरी जानकारी गराउन आग्रह गरेको छ । यसले उपभोक्तालाई राहत मिल्ने भनाई रहेको छ ।
उपभोक्ता आग्रह अनुरुप प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने मन्त्रालयले जनाएको छ।

