
नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि सर्टलिस्ट सार्वजनिक

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका सर्टलिस्ट सार्वजनिक गरिएको छ । अर्थ मन्त्रालयद्वारा गठित छनौट तथा सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको हो ।
सर्टलिस्टमा अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वतकुमार कार्की, यज्ञप्रकाशन न्यौपाने र समता पन्त भट्ट छन् । सर्टलिस्टमा परेकाहरुमध्ये गौतम, घिमिरे, कार्की र न्यौपानेलाई व्यावसायिक योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका साउन २५ डाकिएको छ भने भट्टलाई साउन २६ गते बोलाइएको छ ।
व्यावसायिक योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय शाखामा हुनेछ ।


