
एक दिन पनि टिकेन सेयर बजारको सुधार, परिसूचक १३ अंकले घट्दा साढे ४ अर्बको कारोबार

काठमाडौं । बिहीबार सेयर बजार फेरि घटेको छ । अघिल्लो दिन सामान्य बढेको नेप्से परिसूचक बिहीबार भने दोहोरो अंकले घटेर कारोबार भएको हो ।
आज सेयर बाजार परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६४ कम्पनीको सेयर मूल्य आज बढेर कारोबार भएको छ । आज १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स २.६२ अंकले घटेर ४६४.७३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटा उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचक दोहोरो अंकले घटेको दिन सेयर बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४७ कम्पनीका १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर ६० हजार ३८१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार ४४२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

