
महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।
बैंकले सेयर संख्या र मूल्य खुलाएको छैन । बैंकले अहिले विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको जनाएको छ । सेयर किन्न इच्छुक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।
इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निबेदन दिनु पर्ने छ । म्याद भित्र सेयर खरिदको निबेदन प्राप्त हुन नआएमा प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको नीति निर्देशन बमोजिम सेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

