
बीमालाई सामाजिक अभियानका रूपमा अगाडि बढाउँदै बुटवलका सानिमा रिलायन्सका एजेन्सी म्यानेजर सुवास रिजाल

काठमाडौं। नेपालजस्तो विकासशील मुलुकका लागि बीमा गरिबी घटाउने सबैभन्दा प्रभावकारी माध्यम हो। यसले आकस्मिक जोखिमका बेला आर्थिक सहारा प्रदान गर्दै गरिबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्दछ। यही चेतनालाई आत्मसात् गर्दै बुटवलका सुवास रिजालले बीमालाई महाअभियानका रूपमा अगाडि बढाइरहेका छन्।
बुटवलबाट जीवन बीमा व्यवसाय गरिरहेका सुवास रिजाल विगत ७ वर्षदेखि कार्यरत छन्। कपिलबस्तुमा १० सन्तानमध्ये नवौ सन्तानका रुपमा जन्मिएका रिजालले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन्। कपिलबस्तुबाट माध्यमक, प्लस टु पोखरा, स्नातक पोखरा र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका हुन्।
अध्ययन पश्चात कोरियामा ५ वर्ष काम गरेर फर्किएका उनले बीमा अभिकर्ताको पेशालाई व्यवसायिक रुपमा अगाडी बढाइरहेका छन्। उनको बीमामा लाग्नुको पृष्ठभूमी भने मार्मिक छ। आज भन्दा ७ वर्ष अगाडी पाल्पाको सिद्धबाबा नजिकै ठुलो पहिरो गएको दिन उनि पनि यात्रामा थिए। यस क्रममा एक जना डाक्टर र उनको श्रीमतिको घटनास्थलमै मृत्यु भयो। उनलाई यस घटनाले रातभर निन्द्रा लाग्न सकेन। उनलाई जीवन अनिश्चित रहेको अनुभुति भयो। यस्तो अनिश्चितालाई रोक्न त सकिदैन तर यसबाट हुने जोखिमको न्युनिकरण भने गर्न सकिन्छ भनेर उनि सानिमा रिलायन्सको बुटवल शाखामा गएर आफ्नो एक वर्षको बाबु, श्रीमति र आफ्नै बीमा गरेर यस पेशामा प्रवेश गरे।
यस क्रममा कम्पनीको क्षेत्रिय कार्यालय बुटललका क्षेत्रिय प्रवन्धक जयदेव गौतम तथा शाखा प्रमुख प्रकाश गौतम सँग बीमाको विषयमा धेरै बुझ्ने र सिक्ने मौका पाए। कोभिड १९ भन्दा ठिक अगाडीको समय थियो। उनि करिव एक महिनाको आउने जाने क्रममा आफ्नो बीमा मात्रै गरेनन् अभिकर्ता बनेर व्यवसायिक रुपमा अगाडी बढ्न समेत प्रोत्साहित भए।
यस पछि उनि बीमा अभिकर्ता पेशा एउटा सामाजिक काम हो यसमा लाग्छु भन्ने भनेर दृढताका लागि लागि परे। यस २०र२५ दिनको उक्त बसाइले रिजालाई बीमा अभिकर्ता पेशालाई अंगालेर अगाडी बढ्ने हौसला मिल्यो।
उनलाई अभिकर्ता पेशा अन्य पेशा व्यवसाय जस्तै उत्तीकै महत्वपुर्ण लाग्छ। कसैले एउटा सामान ६ सयमा खरिद गरेर एक हजारमा बिक्री गर्यो भने त्यसमा भएको नाफालाई टिकाटिप्पणी गर्दैनन् तर अभिकर्ता पेशा व्यवसायमा भने नियम अनुसार पाउने कमिशन जस्ता कुरामा हुने आलोचना प्रति भने उनलाई एकदमै दुख लाग्छ। राति दिन असिमित समय दिएर बीमा गर्न उत्प्रेरित गर्दा पनि समय र विभिन्न स्रोत साधनको खर्च हुने उनि बताउछन्। सुरुवाति चरणमा उनले बुटवलका ठुला ठुला व्यक्तित्व भएका व्यक्तिको ठुलो ठुलो बीमा गराए। तर उनलाई क्षेत्रिय तथा शाखा प्रमुखले ुुयदि तपाईलाई समाजमा चिनिनु छ र साच्चिकै समाजसेवा गर्नु छ भने ग्रामिण बस्तिका व्यक्तिलाई बीमा गराउनुस्। यसले तपाईको पुण्यको काम हुन्छ।ुु यस पछि उनि आफु जन्मिएको कपिलबस्तुको ग्रामिण बस्तिमा गए।
सहमा ठुला ठुला बीमा गराउदै आएका रिजाल गरिव भन्दा गरिव मानिसका छोराछोरीको बीमा गराउन पुगे। तत्कालिन अवस्थामा उनि साविक सानिमा लाइफको सबैभन्दा धेरै पोलिसी जारी गर्ने भित्र परे। यसरी उनले बीमालाई अभियानका रुपमा अगाडी बढाए। यसै क्रममा उनका धेरै तिता मिठा अनुभवहरु पनि रह्यो। उनको नजिकका एक जना आफन्तलाई कोभिड १९ भन्दा अगाडी बीमाको लागि प्रस्ताव गरेका थिए। उहाँले बीमा गर्न मान्नु भएन। पछि कोभिड १९ का कारण मृत्यु भयो। यस पछि उनलाई बीमामा लाग्नु पर्छ भन्ने प्रेरणा जाग्यो। उनले बीमाको प्रस्ताव गरेका व्यक्तिको कोभिड १९को उपचारका क्रममा २०र३० लाख खर्च पनि भयो र ज्यान पनि गयो।
उनि बुटवलको स्वागतम बचत तथा ऋण सहकारी संस्थामा कोषाध्यक्ष थिए। जहाँ ऋण समितिको एक जना सदश्यको काकीको दम्पत्तीलाई बीमाको लागि प्रस्ताव गरेका थिए। तर उनले केहि दिन पर्खन अनुरोध गरे। दुर्भाग्य बुटवलबाट भैरहवा जाने क्रममा दुर्घटनामा परेर मृत्यु भयो। त्यस्तै एक जना साथिलाई यस्तै गरि ५० लाखको बीमाको प्रस्ताव गरेका थिए। उनले आफु सँग प्रसस्त सम्पत्ती छ मलाई बीमाको आवश्यक छैन भनेका थिए। जाड रक्सी चुरोट केहि पनि सेवन नगर्ने उनको मृगौला फेल भयो। अहिले उपचारका क्रममा उनको ठुलो सम्पत्ती सकियो। अहिले उनै साथि बीमा गर्न नमानेकोमा पछुतो मानिरहेको उनि बताउछन्।

यसरी बीमा गराउदै हिड्ने क्रममा कोही विरामी भएको, कसैको मृत्यु भएको, कसैको दुर्घटना भएका घटनाले उनलाई यस पेशाबाट कहिल्यै पनि बिमुख नगाराउने उनि बताउछन्। उनि भन्छन् ुकिड्नी फेल भएर बाटा बाटामा मागेको हिडिरहेको देख्दा उनलाई यदि ति व्यक्तिलाई समयमा बीमा गराउन सकिएको भए आज यो दिन भोग्नु पर्दैन थियो भन्ने लाग्छ।’
तराइ समुदायमा प्रायः मानिसहरुको दैनिक १५र२० वटा भोला खान्छन्। पान चुरोट रक्सी खाने चलन धेरै छ। यदि कसैले भोला खाने पैसा मात्रै बचाउन सक्यो भने ५ लाखको बीमा हुने उनको विश्लेषण छ। उनले यहि कुरा गाउँ गाउँमा गएर चेतना फैलाइरहेका छन्। उनि अर्घाखाचीका पहाडी भुभागमा पनि गए। गाइ बाख्रा पालन गर्ने खेती किसानी गर्नेलाई पनि एउटा बाख्राको रकम बराबरको बीमा गराउन सुझाउने गर्छन्। जुन रकमले भोलि गएर उक्त बालबालिकाको उच्च शिक्षा सहज हुने भन्दै उनि गाउँ गाउँ पुगे।
यहि अभियानका क्रममा उनले गाउँ गाउँकै बीमा गराएका छन्। उनिले आफु मात्रै अभिकर्ता बनेर काम गरेका छैनन् जुन जुन गाउँ गाउँमा पुग्छन् त्यहाँ अभिकर्ता बनाएर ठुलो ठुलो टिम पनि निर्माण गरिरहेका छन्। यसरी हजारौ संख्यामा बीमा गराइसकेका उनले सयौको संख्यामा अभिकर्ता पनि निर्माण गरेका छन्।
यस क्रममा उनि २०२२ का लागि एमडिआरटी क्वालिफायर्ड पनि भए। उनि मात्रै यस पेशामा छैनन् श्रीमतिलाई पनि सँग सँगै अगाडी बढाएका छन्। २०२३ मा उनको श्रीमति राधिका पोखरेल पनि एमडिआरटी क्वालिफायर्ड भइसकेकी छिन्।
उनले यतिधेरै संख्यामा बीमा गराउदै गर्दा अहिलेसम्म एउटा पनि पोलिसीमा दाबी परेको छैन। यसले यस वर्ष एक जनालाई एजेन्सी म्यानेजर बनाउने प्रण लिएका छन्। उनि आफु सँगै टिम निर्माण गरेर टिममा काम गर्ने उद्देश्यका साथ अगाडी बढेका छन्। यसरी उनको यो त्याग तपस्याबाट मासिक ४र५ लाखको आम्दानी गर्न सक्ने अवस्था निर्माण गरिसकेका छन्। ५ वर्ष कोरियमा काम गरेर फर्किएका उनले कोरियामा भन्दा नेपालमा राम्रो आम्दानी गरिरहेका छन्। यसले पनि नउलाई बीमा क्षेत्रमा अझ लामो समय बसिरहन हौसला मिलेको छ।
बीमाको महत्व
उनले सहरी भुभागदेखि ग्रामिण क्षेत्रमा एजेन्सी निर्माण गरिसकेका छन्। उनले पुरै नेपालभर एजेन्सी निर्माण गर्ने लक्ष्य बोकेका छन्। यस अभियानमा हिड्दै गर्दा उनले मानिसहरुले फजुल खर्च अत्याधिक गर्ने तर बीमा गरौन भने पैसा छैन भन्ने प्रवृत्ती धेरै पाए। उनि भन्छन् ुमानिसहरुले खर्च गरेको देख्दा यहाँ कोहि पनि गरिव छैन जस्तो लाग्छ। सानो खुसियाली तथा जमघटमा कुखुरा काट्ने, खसि काट्ने जाड रक्सी पिउने, भोला चुरोट खाएकै छ पान पनि चपाएकै छ। तर बीमा गर्ने कुरा गर्यो भने भिजेको बिरालो झै गरिहाल्ने।ु
यसमा केहि व्यक्तिको गलत ब्रिफिङले पनि मानिसहरु डिमोटिभेट भएको उनि बताउछन्। सुरु सुरुमा जतिवेला बीमा कम्पनीहरु अहिलेको जस्तो गाउँ गाउँमा पुगेका थिएनन्। सहर सहरमा शाखा कार्यालयहरु थिएनन् त्यतिवेला बीमितले अभिकर्तालाई बीमा शुल्क बुझाइदिने र अभिकर्ताले उक्त रकम बीमा कम्पनी समक्ष नपुर्याउदा बीमिहरुको पैसा विचैमा हराएको धेरै घटना उनले सुन्नमा पाए। यसले गर्दा धेरै मानिसहरु त्यहि घटनालाई आधार मानेर बीमा प्रति नकारात्मक बनेको उनले पाए।
बीमाका लागि गाउँ गाउँमा पुग्दा उनलाई केहि बीमितले घर्न पुगे। उनि भन्छन् ुकतिपय अवस्थामा अरुले गरेका गल्तिलाई समेत आफुले सहन गरेर जवाफ दिनु पर्यो। गल्ती स्वीकार गरेर बाँकी कुरा बुझाउन पर्यो।’
उनले गाउँ गाउँमा जादा हिजो हजुरबुबा बुबा छोरा नातीसम्म भरिया बनेर बसेको देख्दा यसबाट रुपान्तरण हुने एकमात्र विकल्प बीमा रहेको उनि बताउछन्। कतिपय परिवारमा ५ कक्षा भन्दा माथि नपढेको उनले पाए। अभिकर्ता नै बनाउछु भन्दा योग्यता नपुग्ने अवस्था पाए। यसरी बीमा गर्ने गराउने मात्रै नभएर बीमाको आफ्नो महाअभियान मार्फत सबै मानिसहरुलाई बीमाको दायरामा ल्याउने र उनिहरुको आर्थिक तथा सामाजिक अवस्थालाई उकास्ने उनले प्रण गरेका छन्। यस क्रममा उनि विभिन्न विद्यालय क्लब समुहरुमा पुग्छन्। उनि आफै सँग बीमा गर्नै पर्छ भन्ने मान्यता राख्दैनन्। बरु उनिहरुले रोजेको व्यक्तिलाई अभिकर्ता बनाएरै बीमा गराउछन्। अर्को तर्फ यस विचमा सहकारी पनि डुबेको र बचत समुहले पनि व्यवस्थापन गर्न नसकेको कारण बीमा शुल्क बुझाउने जस्तो कुरामा संयमित भएको पाइएको छ। यहाँ आफ्नो परिवारका सदश्य विरामी हुँदा चन्दा उठाएर हिड्नु पर्ने तर बीमा गरेर उक्त जोखिमलाई बीमाको दायरामा लाउन भने तयार नहुने अवस्थाले गर्दा यसलाई चिर्न उनको यो महाअभियान जारी छ।
यहाँ क्षमता हुँदा हुँदै पनि मानिसहरुले बीमा नगर्दा भोलि परिवार सडकमा आउने अवस्था रहेको र यस्तो अवस्थालाई रोक्नु पर्ने उनि बताउछन्। यदि सबैको बीमा गर्ने हो भने समाजमा क्रान्ति आउने उनको विश्लेषण। यदि समयमा बीमा गर्ने हो भने मानिसको बचत गर्ने क्षमता पनि बढ्ने र बीमा गर्नका लागि जसरी पनि बीमा शुल्क जुटाउनु पर्ने भए पछि मानिसहरु पनि ६ घण्टा काम गर्नेले ७र८ घण्टा काम गर्न पुग्ने उनको तर्क छ। यहाँ मानिसहरु कमाएको पैसा बचत नगरेर धेरै खर्च गरेर गरिव भएका हुन्, उनको विश्लेषण छ। उनले भने ुयदि कमाएको निश्चित रकम बीमा मार्फत बचत गर्ने हो भने गरिव हुने दरमै यसले घटाउछ। यसैले हामी गरिव गरिव बस्तिमा छाप्रा छाप्रामा हामि पुग्न जरुरी छ। यसलाई महाअभियानका रुपमा म अगाडी बढाइरहेको छु।’


