
ग्रिन डेभलपमेन्ट बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानित
काठमाडौं । बागलुङमा आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड बागलुङ सम्मानित भएको छ।बागलुङमा नै मुख्य कार्यालय भएको बैंकलाई उत्कृष्ट करदाताको रुपमा गरिएको छ।
आन्तरिक राजश्व कार्याफय बागलुङले राष्ट्रिय कर दिवस–२०८३ को अवसरमा ग्रिन बैंक सहित म्याग्दीको बेनी नगरपालिकामा रहेको घलेम्दी हाइड्रो लिमिटेड कालिगण्डकी माथि निर्माण भएको दि क्लिफ प्रालीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।
बागलुङमा केन्द्रीय कार्यालय स्थापना गरी वित्तीय कारोबार सञ्चालन गर्दै आएको ग्रिन डेभलपमेन्ट बैंक सबैभन्दा बढी २ करोड ६५ लाख ८१ हजार ५ सय ३३ कर तिरि आयकर दाखिला गर्ने करदाता बनेको हो। ७८ लाख ९४ हजार ६ सय ७२ कर तिरि म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको घलेम्दी हाइड्रो लिमिटेड दोश्रो पर्वतको कुश्मा नगरपालिका–५ मा मुख्य कार्यालय रहेको दि क्लिफ प्रालिले २८ लाख १२ हजार ३ सय ४३ कर दाखिले गरेर तेस्रो स्थानमा रहेको ।
राज्यको राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्याउँदै सर्वाधिक कर दाखिला गरेको भन्दै बैंकलाई सम्मानपत्र प्रदान गरिएको हो । उक्त अवसरमा आन्तरिक राजस्व कार्यालय, बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।


