
कुमारी बैंक लिमिटेड र सूर्यविनायक मिसन हस्पिटल प्रा. लि. बिच सम्झौता



काठमाडौं । कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक मिसन हस्पिटल प्रा.लि. बिच सोही बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सोही सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी तथा ओपिडी टिकटमा २० प्रतिशतसम्म छुट र औषधिमा १० प्रतिशतसम्म छुट दिने सम्बन्धमा सम्झौता भएको हो ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता बैंकले जनाएको छ ।

