

कुमारी बैंकले खुलायो २५ हजार ४ सय संस्थापक सेयरको बिक्री




काठमाडौं । कुमारी बैंकले २५ हजार ४ सय ६८ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुलाएको हो ।
सो भन्दा अघि बैंकले उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर सेयर खरिदका लागि ३५ पदने सूचना जारी गरेको थियो । त्यस्तो गर्दा पनि आर्कषक आवेदन संख्या नपरेको भन्दै संस्थापकबाट अहिले भने सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
सेयर किन्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।