
सूर्यज्योति लाइफले मृतक बीमितको हकवालालाई दियो १४ लाख भुक्तानी



काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक बीमितको मृत्यु पश्चात निजको हकवालालाई बीमा बापतको रकम भुक्तानी गरेको छ। सोही भुक्तानी स्वरुप कम्पनीले १४ लाख रुपैयाँ प्रदान गरेको जनाएको हो ।
सूर्यज्योती लाइफ इन्स्योरेन्स अन्तर्गत खोलागाउँ–५, सिन्धुलीका बीमित मोहन बहादुर श्रेष्ठ बीमा गराएका थिए । वि.स. २०८१ असार २३ गते मलेशियामा वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएपछि कम्पनीमा बीमा दाबी परेको खबर प्राप्त भएको हो। बीमित श्रेष्ठले वैदेशिक रोजगारीमा जाने शिलशिलामा म्यादी बीमा गराएका थिए।
सूर्यज्योती लाइफले दिएको सूचना अनुसार काठमाडौंस्थित चाबहिल शाखाका शाखा प्रमुख मनिष पौडेलले बीमितको हकवाला श्रीमती सिता श्रेष्ठलाई सो बीमा बापतको रकम प्रदान गरेका हुन् । कम्पनीले समयमा नै दाबी भुक्तानी दिएको भन्दै मृतक बीमितको आश्रित परिवारद्धारा सूर्यज्योती लाइफ इन्स्योरेन्सको कार्यक्रम स्थलमा प्रशंसा समेत गरिएको थियो ।

