
बीमा : पूर्वाधारक्षेत्रमा ठोकिन्छ,सत्य बाहिर ल्याउँन कलम चलोस्-अपी हाइड्रोका सीईओ न्यौपाने



काठमाडौं । अपी हाईड्रो पावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजिव न्यौपानेले बीमा दर्पण डटकमलाई शुभकामना व्यक्त गरेका छन् । उनले बीमा क्षेत्रमा वर्तमान अवस्थामा विभिन्न किसिमका समस्या रहेको र त्यस्ता समस्याहरु समाधान गर्न मिडियाले समेत ठूलो भूमिका खेल्न सक्ने बताएका हुन् ।
सीईओ न्यौपानेले बीमा क्षेत्र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जलविद्युत तथा पूर्वाधारमा जोडिने भएकाले जहिले पनि बीमा गरिसकेका बीमित जुनसुकै कम्पनी वा व्यक्ती भए पनि त्यस्ता उपभोक्ताको हकहित संरक्षणमा मिडीयाले आवश्यक आवाज उठाउन जरुरी हुने जानकारी दिए ।
अपी पावरका सीईओ न्यौपानेले भने,‘बीमा दर्पणका लागि मैले हार्दिक शुभकामना दिन चाहान्छु । तपाईहरुले यो बीमा क्षेत्रमा रहेका गतिविधिहरुलाई सत्य ढंगले, सूचनाको सहि सम्प्रेषण गर्दै बीमा क्षेत्रमा विद्यमान विभिन्न किसिमका चुनौतीहरुलाई निराकरण गर्ने उपायहरु ल्याउनु होला । यो क्षेत्रलाई सुदृढ, सबल र दिगो कसरी बनाउन सकिन्छ होला भन्नेमा यहाँहरुको कलम चलोस् । बीमाका बारेमा नागरिकलाई चेतनामूलक ढंगले यो मिडिया अगाडी जानेछ भन्ने मैले विश्वास लिएको छु ।’
त्यस्तै, शुभकामना दिने क्रममा नै उनले थपे,‘निर्माण व्यावसायी, जलविद्युत व्यावसायीकर्मी लगायत पूर्वाधारदेखि विभिन्न क्षेत्रसँग यो बीमा भनेको ठोक्किने क्षेत्र हो । हरेक क्षेत्रको कुन नै कुनै रुपमा बीमासँगको आवद्धता हामीले पाउँछौ । त्यसकारणले गर्दा यस क्षेत्रसँग रहेका कठिनाईहरुलाई सहि ढंगले पोलिसी निर्माणमा समेत प्रभाव पर्ने गरी बीमा दर्पण डटकमले आवश्यक कदम तथा पहल चाल्नेछ भन्ने मैले विश्वास लिएको छु । पुन तपाईहरुको उत्तरोत्तर प्रगतिको हार्दिक कामना व्यक्त गर्न चाहान्छु ।’

