
कांग्रेस देउवा समूह डोल्पाको सभापतिमा देवप्रसाद बुढा
काठमाडौं । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहको डोल्पा जिल्ला सभापतिमा देवप्रसाद बुढा सर्वसम्मत भएका छन् ।
जिल्ला निर्वाचन समितिकी संयोजक बुदाकुमारी पहाडीका अनुसार जिल्ला सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा प्रदेश महाधिवेशन प्रतिनिधि सर्वसम्मत भएको जानकारी दिइन् ।
निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार जिल्ला उपसभापतिमा लालबहादुर बुढा र शोभा बोहोरा, सचिवमा अर्जुन बुढा र मनबहादुर कुलाल तथा सहसचिवमा रत्न जैसी सर्वसम्मत भएका छन्।


