
सेयर बजारमा एकल अंकको गिरावट, कारोबार साढे ४ अर्ब माथि
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन पनि घटेर कारोबार भएको बजार आज पनि घटेर नै बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०३ कम्पनीको सेयर मूल्य घटेको छ भने ५९ कम्पनीको बढेको छ । त्यस्तै आज १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अंकले घटेर ४८१.२२ विन्दुमा पुगेको छ । शुक्रबार नेप्सेका १३ उपसूचक मध्ये ११ वटाको परिसूचक घटेको छ भन २ वटाको परिसूचक मात्रै बढेको छ । परिसूचसँगै आज कारोबार रकम पनि घटेको छ ।
आज सेयर बजारमा ३५३ कम्पनीका १ करोड ३१ लाख ९८ हजार ७५७ कित्ता सेयर ४२ हजार ८२१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार २१३ रुपैयाँको कारोबार भएको छ ।


