
एनएमबि क्यापिटलले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठले आगामी पुस ३ गतेका लागि १६ औं वार्षिक साधारणसभा बोलाएको हो ।
सभा काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा दिउँसो ४ बजे सभा गर्ने निर्णय गरेको हो । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरिनेछ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । उक्त लाभांशमा लाग्ने करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ । कम्पनीले विशेष तथा विविध प्रस्तावसमेत सभाको कार्यसूचीमा राखेको छ ।


