
आईआईएन र नेपाल रीको सक्रियतामा एक महिने तालिमको शुभारम्भ
काठमाडौं । इन्स्योरेन्स इन्स्योरेन्स इन्टीच्यूट नेपाल (आईआईएन) र नेपाल पुनर्बीमा कम्पनीको सक्रियतामा एक महिने तालिम सम्पन्न हुने भएको छ । सोही तालिमको आज सुरुवात भएको हो ।
यता सोही आईआईएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. लक्ष्मीकान्त पौडेलले यस्ता तलिमले पुनर्ताजकिका साथ साथै अर्कातिर सीप वृद्धिमा ठूलो मद्धत पुर्याउने बताए । बीमा दर्पण डटकमसँगको कुराकानीमा उनले हाल नेपाल पुनर्बीमा बहालवाला कर्मचारीहरुलाई तालिम दिन सुरु गरे पनि यस्तो तालिमको अपरिहार्यता र गम्भिरताका बारेमा समेत समिक्षा गरेका छन् ।

कार्यक्रमको उद्घाट्न गर्न नेपाल बीमा प्राधिकरणकी निर्देशक पुजन ढुंगेल उपस्थित भएको बताइएको छ । मुख्यतय तालिमको आवश्यकता र त्यसले दिने भावि नतिजा लगातयका विषयमा समेत कार्यक्रममा चर्चा गरिएको बताइएको छ ।


