
नेपाल ल्युब आयलको २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको २० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १ लाख ४५ हजार ७२५.३६ कित्ता बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सेयरधनीलाई वितरण गरेको उक्त बोनस सेयर सूचीकृत भएसँगै अब सम्बन्धित सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
नेप्सेमा सूचीकृत भएपछि बोनस सेयर कारोबारयोग्य हुने प्रक्रिया अघि बढेको हो ।


