
३८४ किलो नक्कली महसहित एक पक्राउ
काठमाडौं । अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरिरहेको अभियोगमा प्रहरीले काठमाडौँको टोखाबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले टोखा नगरपालिका–१ भण्डारे क्षेत्रबाट नक्कली महसहित धादिङको सिद्धलेक गाउँपालिका–२ का ४४ वर्षीय लक्ष्मण गुरुङलाई पक्राउ गरेको हो ।
निजले अखाद्य पदार्थ मिसावट गरी मह बिक्री गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


