
बीमा क्षेत्रको विकासमा यहाँहरुको भूमिका महत्वपूर्ण हुनेछ : जीवन बीमक संघका अध्यक्ष पौडेल



काठमाडौं । जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले बीमा दर्पण डटकमलाई यस क्षेत्रका सत्य तथ्य सूचना प्रकाशन गर्ने सक्षम पत्रिका बन्न शुभकामना दिएका छन् ।
अध्यक्ष पौडेलले भने,‘बीमा क्षेत्रमा (डेडिकेटेड) लक्षित भएर लाग्ने तथा ओभर अलमा वित्तिय क्षेत्रलाई समेटने गरी तपाईहरुले पोर्टल चलाउन लाग्नु भएको छ त्यसको लागि शुभकामना छ । बीमा क्षेत्रलाई अझै प्रवद्र्धन गर्ने र अझै ग्रास रुटमा बीमा बुझाउन हामी जसरी लागेका छौ त्यसरी नै मिडिया क्षेत्रले पनि ठूलो भूमिका खेल्न सक्छ ।’
उनले त्यसरी कुनै क्षेत्रको विकासमा जो कोही लाग्छ भने त्यस्तो विषय वास्तवमा हौसलाको विषय हुने पनि बताए । समग्र रुपमा हेर्दा सबैको मेल मिलापबाट नै बीमा क्षेत्रलाई तल्लो तहसम्म पुर्याउन सकिने बताए । अध्यक्ष पौडेलले बीमा कम्पनीहरुले गरेका राम्रा कामहरुको बारेमा र यसमा सुधार गर्न आवश्यक कुराहरुको यथार्थपरक ढंगले सत्यतथ्य रुपमा अगाडी ल्याउनको लागि बीमा दर्पण डटकम अघि बढेको र त्यसका लागि उनले फेरी शुभकामना व्यक्त गरे ।
त्यसको साथ साथै समग्र बीमा क्षेत्रको विकासका लागि विभिन्न चरण र तहमा रहेर काम गर्दै आम जनमानसमा वास्तविकता आउने गरी काम गर्नु पर्ने बताए ।
बीमा क्षेत्रको विकाससँगै देशको अर्थतन्त्रदेखि विभिन्न उद्योग व्यवसायहरु लाभान्वित हुने कुरामा दुई मत नरहने समेत प्रष्ट परेका छन् । उनले बीमा दर्पण डटकममा आफ्नो भनाई राख्दै यो क्षेत्रको विकासका लागि सबैले जिम्मेवारी बोध गर्नु पर्ने पनि औँल्याएका छन् । सबैको संयुक्त जिम्मेवारी रहेकाले नै कोही कुन भुमिकामा वा कोही अर्को भुमिकामा रहे पनि क्षेत्रगत विकास नै मुख्य प्राथमिकतामा रहने बताए ।
अध्यक्ष पौडेलले बीमा क्षेत्रलाई अझै धेरै माथिल्लो उचाईमा पुर्याउन सम्भव रहेकोमा पनि जोड दिए । उनले गएको पछिल्लो दशकको पनि स्मरण गर्दै पछिल्लो दशकमा बीमाको बिस्तार तथा विकास निकै राम्रो भएको र समग्र जोखिमको हस्तान्तरण, सामाजिक सुरक्षाका लागि बीमाले टेवाको लागि काम गर्ने बताए । पौडेलले सोही सुरक्षा पाउनका लागि सबैले भुमिका खेल्ने बताउँदै भने, ‘सबैको आ आफ्नो भुमिका त छँदै छ, यहाँको भूमिका पनि अझ महत्वपूर्ण हुनेछ भन्ने मैले विश्वास लिएको छु । बीमा दपर्णलाई धेरै धेरै शुभकामना पनि भन्न चाहान्छु ।’

