
एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै
काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ ।
समूह बीमा रहेको नेपालले पहिलो खलमा इन्डिया-ए सँग लज्जास्पद हार ब्यहोरेको थियो । ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै अलआउट भएको थियो ।
नेपाल रहेको समूह बीमा इन्डियासहित पाकिस्तान र यूएई रहेका छन् । यो समूहका भारत र पाकिस्तानबीचको खेल पनि आजै दिउँसो पौने ४ बजेदेखि हुँदैछ ।


