
नेको इन्स्योरेन्सको १० हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि विक्रीमा
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ । कम्पनीले मंसिर ३ गते यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा विक्री खुला गर्दा वितरण नभएको उल्लेखित कित्ता शेयर विक्रीको सूचना जारी गरेको हो ।
यी शेयर खरीद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरुले मंसिर ३ गतेदेखि लागू हुने गरी सात दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन पेश गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।


