
प्रि ओपन सेसनमा करिब ९ अंक घट्यो नेप्से
काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ९ अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ६.३२ अंक घटेर २६४८.८९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.८३ अंक घटेर २६४०.०६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१६ अंक घटेको छ।
मंगलबार प्रि ओपन सेसनमा ९५ स्टकको २२४ पटकको कारोबारमा ७८ लाख ३ हजार ३७७ रुपैयाँबराबरको १६ हजार ६४४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने ४३ स्टकको मूल्य घटेको छ। बाँकी ३० स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।


