
सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाह सम्मानित
काठमाडौं । राजबहादुर शाह व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बनेका छन् । मंगलबार आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा शाहलाई सम्मान गरेको हो ।
शाह यसअघि पनि सबैभन्दा बढी आयकर तिर्ने व्यक्ति बनेका छन् । यसअघि शाहले २०७९ र २०८० मा सबैभन्दा बढी आयकर तिर्दे सम्मानित भएका थिए । यसअघि उनका छोरा राजबहादुर शाह पनि सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको पाउछौं ।
शाह जाउलाखेल ग्रुप अफ इन्ड्रष्टिजका संस्थापक हुन् भने छोरा राजबहादुर प्रबन्ध निर्देशक हुन् ।


