
राष्ट्र बैंकमा जागिरको अवसर, सहायकदेखि सहायक निर्देशकसम्म दरखास्त आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले केही पदका लागि दरखास्त आह्वान गरेको हो ।
केन्द्रीय बैंकले सहायकदेखि सहायक निर्देशकसम्मका पदमा दरखास्त आह्वान गरेको छ । ती पदमा कुल ६१ जना नयाँ भर्ना गर्न लागिएको छ । जसमा ३५ जना सहायक निर्देशक र २६ जना सहायक पदमा आवेदन दिन सकिनेछ ।
खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न लागिएकोले इच्छुक तथा योग्य उम्मेदवारले आज कात्तिक २७ गतेदेखि विद्युतीय माध्यममार्फत दरखास्त पेस गर्न सक्नेछन् । दरखास्त पेस गर्ने अन्तिम मिति मंसिर १७ गतेसम्म र दोब्बर दस्तुर बुझाएर मंसिर २४ गतेसम्म दरखास्त पेस गर्न सकिनेछ ।



