
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । मंगलबार नै मन्त्रिपरिषद् बैठक बसेको थियो । बुधबार मन्त्रीहरू आफ्नै नियमित तालिकामा रहेका बेला प्रधानमन्त्रीले दिउँसो १ बजेका लागि डाकेपछि मन्त्रिपरिषद् बैठक पुगेका हुन् ।
प्रधानमन्त्री शाहबाट मन्त्रिपरिषद्को बैठकका लागि १५ मिनेट मात्र समय राखेर सूचना दिएको एक मन्त्रीले जानकारी दिए ।


