
सेयर बजारमा झिनो अंकको सुधार, कारोबार साढे ५ अर्ब माथि
काठमाडौं । मंगलबार सेयर बजार बढेर बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले घटेको बजारमा आज सामान्य अंकले बढेको हो ।
अघिल्लो दिन १ प्रतिशत माथिको गिरावट आएको बजारा आज भने ६.६२ अंकको सुधार देखिएको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६६४.१३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १२२ कम्पनीको सेयर मूल्य घटेको छ । आज १४३ कम्पनीको सेयर मूल्यको बढेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्कस पनि १.४८ अंकले बढेर ४८३.२१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ । परिसूचक बढेको दिन साढे ५ अर्ब भन्दा बढीको कारोबार भएको छ ।
आज सेयर बजारमा ३४९ कम्पनीका १ करोड ५४ लाख २० हजार ९२० कित्ता सेयर ५७ हजार ४४९ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार ५२३ रुपैयाँको कारोबार भएको छ ।


