
नेष्डो समृद्ध लघुवित्तमा रोजगारीको अवसर
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि एसएलसी वा एसईईको परीक्षा पास गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ६ महिना काम गरेको हुनुपर्नेछ । उमेरको हकमा भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।



