
मकर जितुमाया सुरी हाइड्रोपावरको लाभांश घोषणा
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ कोे नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ७६ करोड रुपैयाँको कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा १३ प्रतिशतले हुन आउने ९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशतले हुन आउने ५२ लाख रुपैयाँबराबरको नगद लाभांश छन् ।
यो लाभांश विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।


