
नेप्सेमा ३२ अंकको पहिरो, कारोबार ७ अर्बमा सिमित
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । गत साता २ प्रतिशत भन्दा बढीले बढेको बजार यो साताको पहिलो दिन नै १ प्रतिशत भन्दा बढीले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा पुगेको छ । यो गत साताको अनिम कारोबार भन्दा १.२१ प्रतिशतले कम हो । आज सेयर बजारमा २५२ कम्पनीको सेयर मूल्य घटेको छ भने २१ वटाको मात्रै बढेको छ । आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ५.९३ अंकले घटेर ४८१.७२ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ ।
आज सेयर बजारमा ३४३ कम्पनीका १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता सेयर ७० हजार २२८ पटक खरिद बिक्री हुँदा ७ अर्ब १८ करोड ३७ लाख १३ हजार ४७ रुपैयाँको कारोबार भएको छ ।


